कालो कपाललाई विस्तारै सेतोले छोप्दैछ । रातो टिर्सट, घाँटीमा पहेँलो गेडीको माला । छेउमा छन् ढुंगा र काठले अड्डाइएको चान । त्यहीँ चानमा बुन्छिन्, राडीपाखी ।
६० वसन्त पार गरेकी कार्मा छेञ्जोंङ लामाले यसरी नै वितिरहेछ । मुगुमकार्मारोंग गाउँपालिका-८ माँग्रीकी उनी बिहान १० नबज्दै कौसीमा पुगिसक्छिन् ।
‘के गर्नु राडी नबुनी छाक टर्दैन्,’ बुढ्याैलीमा सक्रिय उनले भनिन्, जीवन नै यही काममा वितेको छ ।’ यही सीपबाट मासिक पाँच÷१० हजारसम्म कमाइ हुने गरेको उनले सुनाइन् ।
माँग्री गाउँमा लामा समुदायको बाहुल्य छ । यहाँका भोटे महिलाको दिनचर्या राडी बुन्नमा वित्छ, जुन उनीहरूको परम्परागत पेशा हो ।
एउटा राडी बुन्न दुई/तीन दिन लाग्छ । भेँडा, बाख्रा र च्याङ्ग्राको रौंबाट राडी,पाखी बन्छ । तेन्जोङ लामाको दिनचर्या पनि राडीपाखी बुनेरै वित्छ ।