माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडबीच प्राथमिक शेयर निष्काशन सम्बन्धी निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौता भएको छ। उक्त सम्झौता चैत १५ गते औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर जारी गर्नेछ। सो आईपीओ निष्काशनका लागि माछापुच्छ्रे क्यापिटललाई आधिकारिक निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार तथा नेपाल सेरामिक इण्डष्ट्रीका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

