नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार (आज) दुई कम्पनीको कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
माउण्टेन इनर्जी नेपालको २९ लाख ५२ हजार ४० दशमलव ५ कित्ता र नेशनल लघुवित्त वित्तीय संस्थाको ८ लाख १३ हजार १५४ दशमलव ६६४ कित्ता गरेर कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी शेयर दुवै कम्पनीका सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।
नेशनल लघुवित्त वित्तीय संस्थाले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
त्यस्तै, माउन्टेन इनर्जी नेपालले गत चैत १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको छ ।