पिपुल्स इनर्जीको ६६ करोड रुपैयाँ बराबरको शेयर प्रत्याभूतिमा ज्योति क्यापिटल नियुक्त

पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको साधारण शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ, जसको कुल मूल्य ६६ करोड रुपैयाँ रहेको छ। उक्त निष्काशनको प्रत्याभूति ज्योति क्यापिटल लिमिटेडले गर्ने भएको हो।

सोमबार ज्योति क्यापिटलको रजिष्टर्ड कार्यालय, कमलपोखरी काठमाडौंमा आयोजित कार्यक्रममा पिपुल्स इनर्जी लिमिटेड र ज्योति क्यापिटलबीच शेयर प्रत्याभूति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जीका महाप्रबन्धक जनार्दन अर्यालले हस्ताक्षर गरेका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको