थकालीले दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग

काठमाडौं । थकाली (सेन्चुरी फुड बेकिङ एन्ड प्रोसेसिङ उद्योग प्रा. लि.) ले देशका विभिन्न स्थानमा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

कम्पनीले विपद् प्रभावित समुदायका लागि थप २ हजार १ सय किलोग्राम थकाली चामल समेत सहयोग गरेको जनाएको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै कम्पनीले विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापना कार्यमा योगदान गरेको हो।

थकालीले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको