एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्ड (NIBLPF) को लाभांश घोषणा भएको छ ।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको आज भदौ ९ गते अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ का लागि एनआईबिएल प्रगति फन्डको लाभांश घोषणा गरेको हो।

बैठकले यो योजनाका इकाईधनीलाई गत आर्थिक वर्ष २०७८-७९ को लागि कर सहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बुक क्लोज सम्बन्धी निर्णय भने पछि प्रकाशित गर्ने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको