अप्पर स्याङ्गे हाइड्रोपावरको १५ लाख कित्ता बढी सेयरको लक इन अवधि असारमा समाप्त हुँदै

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि असार २१ गते समाप्त हुन लागेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल सेयरमध्ये लक इनमा रहेका १५ लाख ६३ हजार कित्ता सेयरको अवधि तोकिएको मितिमा समाप्त हुन लागेको हो ।

जसमा १३ लाख ३० हजार कित्ता संस्थापक सेयर, २ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको र १३ हजार कित्ता कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको सेयर रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको