नेप्से ५.८७ अंकले ओरालो, कारोबार रकम पनि घट्यो

सेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ।  आज बजार ५.८७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४४.७२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ०.८६ अंकले घटेर ३९१.६४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँ बढीको भएको छ।

यस दिन २२५ स्टकको २७ हजार ५२२ पटकको कारोबारमा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको ३९ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्से उसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूहमा मात्र हरियाली छाएको छ भने ११ वटा समूह रातै भएका छ। यो दिन अन्य समूह १.०९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१७ प्रतिशतले उकालो लागेको छ। त्यस्तै व्यापार समूह सर्वाधिक १.५८ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.५२ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा ०.९८ प्रतिशत, जलविद्युत समूहमा ०.६१ प्रतिशत, वित्त समूहमा ०.९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा १.०७ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन साढे ४ अर्बभन्दा बढी नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको एनआईसी एशिया बैंकको यस दिन ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार सेन्ट्रल फाइनान्सको शेयरमूल्य सर्वाधिक ३.१६ प्रतिशत बढेको छ। त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, साधना लघुवित्तको शेयरमूल्य यस दिन करिब साढे ४ प्रतिशत घटेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको