बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन सर्वोत्तम र रिलायन्स स्पिनिङले सेबोनसँग मागे अनुमति

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्ड (सेबोन)मा निवेदन दिएका छन्।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग प्रकृया मार्फत योग्य संस्थागत हरुका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ । तर योग्य संस्थापकहरुले न्युनतम ५०१ रुपैयाँ देखि ७५१ रुपैयाँ ५० पैसा मूल्य भित्र रहेर आवेदन दिन सकिनेछ ।

यस्तै रिलायन्स स्पीनिङ्गले पनि बुक बिल्डिङ्ग प्रकृया मार्फत ७ करोड ७० लाख ६४ हजार रुपैयाँ बराबरको ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ । तर योग्य संस्थागत लगानीकर्ताले प्रति कित्ता न्युनतम ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँ सम्म मूल्य तोकेर आवेदन दिन सकिनेछ ।

दुवै कम्पनीले हाल योग्य संस्थागत लगानीकर्तालाई आईपिओ निष्कासनका लागि अनुमति माग गरेका हुन्। बुक बिल्डिङ विधिअनुसार आईपीओ निष्कासन गर्दा सर्वसाधारणका लागि जारी गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनुपर्ने प्रावधान छ।

दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको