नेप्सेमा दोहोरो अंकको सुधार

नेप्से आज दोहोरो अंकको सुधार आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बेला बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

आज नेप्से १८.०३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०२९.४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८३ प्रतिशतले बढेर ३८८.७६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ४.९३ प्रतिशतले उकालो लागेको छ। अन्य समूह २.०८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१५ प्रतिशत, विकास बैंक समूहमा ०.९१ प्रतिशत, जलविद्युत समूहमा १.१६ प्रतिशत, वित्त समूहमा १.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत, उत्पादन तथ प्रशोधन समूहमा ०.७३ प्रतिशत, लघुवित्त समूहमा ०.६८ प्रतिशत, जीवन बीमा समूहमा १.२१ प्रतिशत र लगानी समूहमा १.६८ प्रतिशतको बढोत्तरी भएको छ।

आज म्युचुअल फन्ड समूहमा ०.२७ प्रतिशतले घट्दा व्यापार समूहमा ०.०२ अंकको गिरावट आएको छ।

आज शिवम सिमेन्टको सर्वाधिक ९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ५ करोड ८९ लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड ६२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ४० लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड २६ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज बरुण हाइड्रोपावर र इमर्जिङ नेपालको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ भने स्वावलम्बन लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको