
नेप्से बिहीबार पनि दोहोरो अंकले उकालो लागेको छ।
नेप्से आज १४.७१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २००१.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३८३.१३ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २२० स्टकको ३९ हजार १६८ पटकको कारोबारमा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको ६२ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेप्से उपसमूह रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज जलविद्युत समूह सर्वाधिक २.०४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.६१ अंकले बढ्दा बैंकिङ समूहमा ०.५३ प्रतिशत, व्यापार समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४ प्रतिशत, विकास बैंक समूहमा ०.९६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा ०.३४ प्रतिशत, लघुवित्त समूहमा १.२८ प्रतिशत, जीवन बीमा समूहमा ०.१२ प्रतिशत, म्युचुल फन्ड समूहमा ०.७४ प्रतिशत र लगानी समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ।
त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.०१ प्रतिशत घटेको छ। त्यस्तै, सिईडिबी हाइड्रोपावर, समिट लघुवित्त र लक्ष्मी लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेका छन्।
आज एनआईसी एसिया बैंकको सर्वाधिक ३० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अप्पर तामाकोशीको १४ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ३९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ करोड २० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ६ करोड १४ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ५ करोड ७७ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ३३ लाख रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।