सिक्लेस हाइड्रोपावरले साउन ६ बाट आईपीओ निष्काशन गर्ने

सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जाँरीपुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ ।

यो आईपीओमा कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिकाका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्। यो आईपीओमा स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।

सिक्लेस हाइड्रोपावरको आईपीओमा आउँदो साउन २० गतेसम्म आवेदन दिन पाइनेछ। यो अवधिसम्म पनि मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ ५ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

यो आईपीओमा माछापुच्छ्रे बैंक मादी शाखा, बैंक अफ काठमाण्डौ पोखरा शाखा, मुक्तिनाथ विकास बैंकको पोखरा शाखा र एनआईसी एसिया बैंक पोखरा शाखाबाट आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको