नेप्से भारी अंकले उकालो, २ अर्ब बढीको कारोबार

लगातार घटिरहेको सेयर बजार बुधबार भारी अंकले उकालो लागेको छ। आज ५९.५४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९८६.८२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १२.४२ अंकले बढेर ३८१.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ ।

आज ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ । आज कारोबार भएका सबै उपसमूहमा हरियाली छाएको छ ।

आज वित्त समूह सर्वाधिक ६.९६ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूहमा ६.२५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.८९ प्रतिशत, व्यापार समूहमा ५.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.७९ प्रतिशत, जलविद्युत समूहमा ४.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८६ प्रतिशत, अन्य समूहमा ४.७२ प्रतिशत, लघुवित्त समूहमा ३.३१ प्रतिशत, जीवन बीमा समूहमा १.८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ४.१८ प्रतिशत र लगानी समूहमा ३.८७ प्रतिशतको बढोत्तरी भएको छ।

आज शिवम सिमेन्टको सर्वाधिक ९ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ८ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल बैंकको ७ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ४५ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड ४५ लाख रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ४० लाख रुपैयाँ, सिभिल बैंकको ५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यसैगरी ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन एभरेष्ट बैंकको संस्थापक सेयरको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। यो बेंकको संस्थापक सेयरको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको