सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् ।
यी दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दायित्व तथा सम्पत्ति मूल्यांकनपश्चात अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको छ।
समारोहमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता थियो ।
हाल सानिमाको चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँ र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ। दुवै कम्पनी समान हैसियतमा मर्ज भएमा चुक्तापुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
बीमा समितिको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ। समितिले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन हकप्रद सेयर जारी गर्नुपर्ने देखिन्छ।