
मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.६८ अंकले उकालो लागेको छ ।
यस दिन २२६ स्टकको ३० हजार ६९६ पटकको कारोबारमा १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको ४९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने युनाइटेड इन्स्योरेन्स र सनराइज फस्ट म्युचुअल फण्डको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। नयाँ सारथी लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४.६५ प्रतिशत घटेको छ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक यस दिन १.३९ प्रतिशत, जलविद्युतको १.३८ प्रतिशत, व्यापारको १.३७ प्रतिशत र उत्पादन तथा प्रशोधनको १.३६ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।