
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गते आइतबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुवै कम्पनी एक अपासमा मर्ज भएर हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।
दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए भने असार २ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । बीमा समितिले असार ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कमपनी रजिष्ट्रार कार्यालयले असार २३ गते स्वीकृति प्रदान गरेको थियो ।
दुवै कम्पनीको संयुक्त मर्जर कमिटिको असार २४ गते समपन्न बैठकले साउन १ गते आइतबारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो।
मर्जर प्रयोजनको लागि १००:८५ रुपैयाँको स्वाप तय भएको छ । मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिएपछि तोकिएको पुँजी पुग्नेछ।
मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ ।