
दुई लघुवित्तसहित ३ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धौलागिरी लघुवित्त, अभियान लघुवित्त र सिक्लेस हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले सिक्लेसलाई गत असार २३ गते र धौलागिरी र अभियान लघुवित्तलाई असर २४ गते आईपीओ जारी गर्ने अनुमति दिएको छ।
सेबोनले धौलागिरी लघुवित्तलाई १०० अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। यो चुक्तापुँजीको ३२.१० प्रतिशतबराबर हुन आउँछ। यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
अभियान लघुवित्त वित्तीय संस्थालाई पनि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । अभियानलाई बोर्डले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
यस्तै सिक्लेस हाइड्रोपावर लिमिटेडलाई पनि बोर्डले असार २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । सिक्लेसले आयोजना प्रभावित र सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।