नेप्से दोहोरो अंकले गिरावट कायमै, परिसूचक २००० विन्दुभन्दा तल झर्यो

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २००० विन्दुभन्दा तल बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३४.७१ अंक घटेर १९९२.६१ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंक घटेको छ।

२१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएको छ ।

यो दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो स्टकको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको करिब ४ करोडको शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको