अपर हेवाखोला हाइड्रोपावरको आईपीओ आजबाट निष्काशन

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १५ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ। बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको