नेप्से दोहोरो अंकले गिरावट, कारोबार पनि घट्यो

बिहीबार नेप्से परिसूचक १६.६० अंक घटेर २०२७.३२ विन्दुमा झरेको छ। सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४२ अंकले घटेर ३८५.४९ को विन्दुमा ओर्लेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ स्टकको ३१ हजार २७६ पटकको कारोबारमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको ४७ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। आज म्युचुअल फन्ड समूहमात्रै ०.६६ प्रतिशतले उकालो लागेको छ।

आज सर्वाधिक १.४३ प्रतिशतले अन्य समूह ओरालो लागेको छ त्यस्तै विकास बैंक समूह १.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६३ प्रतिशत, व्यापार समूहमा १.११ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१६ प्रतिशत, जलविद्युत समूहमा ०.६७ प्रतिशत, वित्त समूहमा ०.४९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत, लघुवित्त समूहमा ०.८४ प्रतिशत, जीवन बीमा समूहमा १.१३ प्रतिशत र लगानी समूहमा ०.७९ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली र शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको