
बुधबार नेप्से दोहोरो अंकले उकालो लागेको छ।
आज १३.३३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४३.९२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर ३८८.९१ को विन्दुमा उक्लिएको छ। आज २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
नेप्से उकालो लागेसँगै आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन तेह्रथुम पावर कम्पनी र सिभिल बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.६८ प्रतिशत घटेको छ ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.७२ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.६८ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा २.११ प्रतिशत, जलविद्युत समूहमा १.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४ प्रतिशत, अन्य समूहमा १.४३ प्रतिशत, लघुवित्त समूहमा ०.२४ प्रतिशत र लगानी समूहमा ०.३३ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.५६ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०५ प्रतिशतले गिरावट आएको छ।
नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६२ लाख ६३ हजार ३१० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँमा किनबेच भएका छन्। कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिभिल बैंकको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।