
आज नेप्से सामान्य अंकले गिरावट आएको छ। यो दिन ९.७५ अंकको गिरावट आएको हो ।
योसँगै नेप्से परिसूचक २०७६.६७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.६८ अंकले घटेर ३९६.१५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ।
आनेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूहमा सर्वाधिक ५.१० प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.५८ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा ०.५४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशतको बढोत्तरी भएको छ।
त्यस्तै अन्य समूह सर्वाधिक १.७२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.६७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, विकास बैंक समूहमा १.४७ प्रतिशत, वित्त समूहमा ०.३९ प्रतिशत, जलविद्युत समूहमा ०.५५ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८५ प्रतिशत र लघुवित्त समूहमा १.३२ प्रतिशतको गिरावट आएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्था र ङादी ग्रुपको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने युनियन हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
त्यस्तै यो दिन शिवम सिमेन्टको सर्वाधिक १७ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँ, अरुण काबेली पावरको १११ करोड ७८ लाख रुपैयाँ, अप्पर तामोकोशीको ११ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड १८ लाख रुपैयाँ, नबिल बैंकको १० करोड ३९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।