नेप्से ८.८७ अंकले गिरावट, साढे १ अर्ब रुपैयाँको कारोबार

नेप्से परिसुचक साताको अन्तिम दिन ८.८७ अंकले ओरालो लागेको छ ।

योसँगै नेप्से परिसूचक २०२८.७७ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१७ प्रतिशतले घटेर ३८८.६२ को विन्दुमा झरेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।

आज व्यापार समूह सर्वाधिक १.३९ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.६६ प्रतिशतले बढ्दा वित्त समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ।

आज विकास बैंक समूह सर्वाधिक १.३९ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.८८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८१ प्रतिशत, जलविद्युत समूहमा ०.४९ प्रतिशत, जीवन बीमा समूहमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२२ प्रतिशत र अन्य समूहमा ०.५५ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृत मधये २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता सेयर १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ५१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज २ वटा लघुवित्तका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा सर्किट लागेको छ भने यो दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ झन्डै ५ प्रतिशतले ओरालो लागेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको