
बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार ८ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले ९७ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग गरेको हो।
बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत र जारी पुंजी ३ करोड रहेको छ । जसमा २ करोड ३ लाख रुपैयाँ संस्थापक सेयरहरुले हालेका छन् भने ९७ लाख रुपैयाँ सर्वसाधारणलाई आइपीओ जारी गरेर उठ्नेछ।
सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको लागि बिपीडब्लुले मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।