नागरिक स्टक डिलरलाई थप २३ कम्पनीको सेयर कारोबार गर्न नेप्सेको स्वीकृति

नागरिक स्टक डिलरलाई भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप सूचीकृत कम्पनीको सेयर कारोबारका लागि स्वीकृति प्रदान गरेको छ।

नेप्सेको सुपरिवेक्षण विभागले नागरिक स्टक डिलरलाई असार १५ गते थप सूचीकृत कम्पनीहरुको सेयर कारोबारका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

विभागका एक अधिकारीका अनुसार नागरिक स्टक डिलरलाई थप २३ वटा सूचीकृत कम्पनीको सेयर कारोबार गर्न स्वीकृति प्रदान गरिएको छ।

योसँगै नागरिक स्टक डिलरले कुल ७७ वटा सूचीकृत कम्पनीको सेयर कारोबार गर्न नेप्सेबाट स्वीकृति पाएको छ। यसअघि नागरिक स्टक डिलरले ५३ वटा सूचीकृत कम्पनीको सेयर कारोबार गर्ने स्वीकृति पाएको थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको