शेयर बजारमा हरियाली, नेप्से ४१.३९ अंकले बढ्यो

दुई दिन लगातार घटिरहेको शेयर बजारमा बुधबार पुन हरियाली छाएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यस दिन ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा उक्लिएको छ ।

नेप्से बढ्दा कारोबारमा आएका सबै उपसूचकहरू पनि बढेका छन् । जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक, व्यापार र उत्पादन समूह तीन अंकले बढ्दा होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स र अन्य समूह दुई अंकले बढेका छन् । बैंक, म्युचल फन्ड र लगानी समूह भने सामान्य अंकले बढेका छन् ।

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने वरुण हाइड्रोपावर, सप्तकोशी विकास बैंक ९ प्रतिशतसम्मले बढेका छन् । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।

यस दिन २२८ कम्पनीका ४३ लाख २२ हजार १ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । जुन मंगलबारको तुलनामा ४० करोडले बढी हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको