
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो।
आवेदन दिएकामध्ये ६ हजार २६१ जना लगानीकर्ताले कम्पनीको आइपीओ पाएका छन् । जसमा ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ता सेयर पाएका छन् । कम्पनीको आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले अआवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले असार १ देखि ५ गतेसम्म ६७ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र १ हजार ३५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइए बाँकी ६२ हजार ६१५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।
लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो।
हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल र धितोपत्र निष्कासनकर्ता आदर्श लघुवित्तको वेबसाइटका साथै सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।