
ङादी ग्रुप पावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि यही असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थात असार १९ गतेसम्म कायम सेयरधनीहरुमा यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतका दरले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।