आईपीओ निष्कासन गर्न सान्जेन जलविद्युतले पायो अनुमति

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज कम्पनीलाई स्थानीयका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

म्पनीले जारी पूँजी ३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ भने आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

सेबोनको अनुमतिसँगै अब यो कम्पनीले स्थानीयका लागि १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको १० प्रतिशतबराबर हुन आउनेछ।

कम्पनीको यो आईपीओमा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सहनिष्कासन कर्तामा सनराइज क्यापिटल र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।

कम्पनीले रसुवा जिल्लाको सान्जेन खोलामा उपलब्ध जलस्रोतको प्रयोग गरी अपर सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजना (४८.५ मेगावाट) निमार्ण गर्दैछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको