दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड

दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ बुधबार बाँडफाँड गरिएको छ।

कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट भएको हो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरका कुल २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ जारी गरेको थियो। जसमा ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो।

यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ आवेदकबाट १ करोड ६३ लाख ९७ हजार ११० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ७० हजार ७८३ आवेदकबाट परेको १ करोड ६३ लाख ८५ हजार ९४० कित्ता सेयर सदर भएको छ भने ८८२ आवेदकबाट परेको ११ हजार १७० कित्ता सेयर बदर भएको छ।

गोलाप्रथाबाट भाग्यमानी २ लाख १ हजार ९८६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै आवेदकमध्ये २० कित्ताभन्दा बढी भर्ने ९ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।  १२ लाख ६८ हजार ७९७ आवेदकको हात खाली भएको छ।

आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको