नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असार ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको