धितोपत्र बोर्डबाहिर तिलक कोइरालाको आमरण अनशन सुरु

पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता एवं पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आजबाट आमरण अनशन सुरु गरेका छन्।

खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय बाहिर आमरण अनशन सुरु गरेका हुन्। उनले मंगलवार अनामनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधबारदेखि बोर्ड परिसरमा नै अनशन बस्ने उद्घोष गरेका थिए । उनको आमरण अनशनको सर्मथनमा बिभिन्न लगानीकर्ताका संघ संगठनहरुले समर्थन गरिरहेका छन् ।

संघर्ष समितिले बुझाएको १९ बुँदे मागहरु नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले पुरा गर्न सकेको छैन् । सघर्ष समितिको संयोजक कोइरालाले ५२ लाख लगानीकर्ताको लगानी सुरक्षित गरेर पुँजीबजारलाई बचाउनको लागि आन्दोलन हुँदै अनशन सुरु गरेका हुन् ।

समितिले बारम्बार नेप्सेको पुनःसंरचना देखि ब्रोकर संख्या थपका माग राख्दै आएको छ । अहिलेसम्म कुनै पनि माग सम्बोधन नभएकाले सडक आन्दोलन हुँदै बाध्य भएर अनशन बस्नु परेको संयोजक कोइरालाले बताएका छन् ।

पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताए।पुँजीबजार सुधार र विस्तारका मागसहित लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत छन्। कोइरालाले आमरण अनशनसँगै आन्दोलनका अन्य कार्यक्रम पनि जारी रहने लगानीकर्ताहरुले बताएका छन्।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको