मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज अर्थात असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्काशन गरेको हो।
सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार ३० गते बैंकिङ समयपछि हुनेछ।
आईपीओका लागि काठमाण्डौको सिनामंगलस्थित मन्दाकिनी हाइड्रोपावरको रजिस्ट्रार कार्यालय, कास्कीको लाहाचोकस्थित पोखरा फाइनान्स, हेम्जाको एनएमबि बैंक र लामाचोरस्थित प्राइम कमर्सियल बैंक संकलन केन्द्र तोकिएको छ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।