सिवाईसी नेपाल लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था (CYCL) को शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको १२ लाख १६ हजार ४१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा यो लघुवित्तको कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ८ लाख २१ हजार ८२ कित्ता र सर्वसाधारणको ३ लाख ९५ हजार ३३६ कित्ता छन्।

नेप्सेले सेयर कारोबारका लागि सिवाईसी लघुवित्तलाई ‘सीवाईसीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतममा १०३३.०८ रुपैयाँको ओपनिङ रेन्ज तोकेको छ।

यदि सोमबारको स्पेसल प्रिओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको