सर्वोत्तम पेन्ट्सको आइपीओ भर्ने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि यही वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँबराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको छ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको ‘मेरो शेयर’बाट आवेदन दिन सक्नेछन्।

यो कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको