ऐरीले हाने एकदिवसीय क्रिकेटमा दोस्रो शतक

नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एकदिवसीय क्रिकेटमा दोस्रो शतक हानेका छन् । शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ऐरीले यूएईविरुद्ध दोस्रो शतक प्रहार गरेका हुन् । यसअघि ऐरीले सन् २०२२ मा पीएनजीविरुद्ध १०५ रन बनाएका थिए । शुक्रबार उनले ९४ बलमा १ छक्का र १२ चौकासहित शतक बनाएका हुन् ।

नेपालका लागि एकदिवसीय क्रिकेटमा पहिलो शतक हान्ने खेलाडी भने पूर्वकप्तान पारस खड्का हुन् । उनले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए । नेपालका तर्फबाट एकदिवसीय क्रिकेटमा दुई शतक हान्ने खेलाडी भने रोहित पौडेल हुन् । उनले २०२२ मा पीएनजी र २०२५ मा यूएईविरुद्ध शतक हानेका थिए ।

त्यस्तै नेपालका तर्फबाट शतक बनाउने अन्य खेलाडीहरू आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, अनिल साह र भीम सार्की हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको