दुगड अर्थमुभर्स प्रालिद्वारा ‘हाइड्रो पावर कस्टमर मिट’ सम्पन्न

दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडको सहकार्यमा ‘हाइड्रो पावर कस्टमर मिट’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा हाइड्रो परियोजना सञ्चालकहरू, ठेकेदारहरू तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा टाटा हिटाचीका प्रमुख अन्तर्राष्ट्रिय प्रतिनिधिहरू जयकारा काल्माडी (एक्सपोर्ट हेड), सौरभ गुप्ता (सार्क कन्ट्री हेड) र गोपी नाथ (एक्सपोर्ट एडमिन) को उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले स्वागत मन्तव्यसहित गरे । उक्त अवसरमा उनले नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यको महत्वमाथि प्रकाश पारे ।

त्यस्तै जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास तथा अन्तर्राष्ट्रिय उपलब्धिहरू प्रस्तुत गरे । सौरभ गुप्ताले टाटा हिटाचीका एक्स्काभेटर तथा ब्याकहो लोडरको उत्पादन दायरा, तिनको हाइड्रो परियोजनामा प्रयोग, कार्यक्षमता तथा फाइदाहरूबारे विस्तृत जानकारी दिए ।

सोही कार्यक्रममा हाइड्रोपावर कन्ट्रक्सनको कामको लागि उपयुक्त हुने मेसिनहरूको बारेमा व्यापार प्रमुख निरज सापकोटाले विस्तृत जानकारी दिए ।

कार्यक्रमको मुख्य आकर्षण टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता, टिकाउपन तथा कठिन भौगोलिक अवस्थामा उत्कृष्ट प्रदर्शन मा केन्द्रित थियो ।

कार्यक्रमको समापन एमभी दुगड समूहका उपाध्यक्ष  विवेक दुगडले धन्यवाद ज्ञापनसहित गरे ।

यस कार्यक्रममा हाइड्रो परियोजना सञ्चालकहरू तथा सम्बन्धित व्यक्तिहरूको सक्रिय सहभागिताले अनुभव आदान–प्रदान, सहकार्य विस्तार तथा भविष्यका अवसरहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको