साताको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ७१।०५ अंकले घटेको छ । नेप्से २ दशमलव ४० प्रतिशतले घटेपछि २ हजार ८ सय ७९ दशमलव ११ विन्दुमा ओर्लिएको हो ।
कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्यो, २५५ कम्पनीको घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका सबै उपसमूहहरू घट्यो । सबैभन्दा बढी जीवन बिमा ३००।५०, निर्जीवन बिमा २६४।६५, विकास बैंक १८४।१० अंकले घट्यो ।
कुल १ लाख ९६ हजार १५८ पटकको सेयर खरिदबिक्रीमा ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ३ करोड ३३ लाख रूपैयाँको कारोबार भएको छ ।

