निभिक्स फर्मास्युटिकल्सले उत्पादन (म्यानुफ्याक्चरिङ) गर्ने औषधीहरुका लागि पहिलो पटक विश्व स्वास्थ्य संगठन – गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (WHO-GMP) प्रमाणपत्र प्राप्त गरेको छ ।
यस प्रमाणपत्र पाएसँगै निभिक्स फर्मास्युटिकल्सको उत्पादन प्रणाली, गुणस्तर नियन्त्रण, कागजी अभिलेख व्यवस्थापन, वातावरणीय नियन्त्रण तथा दक्ष जनशक्ति व्यवस्थापन जस्ता क्षेत्रमा कम्पनीले अन्तर्राष्ट्रिय स्तरका मापदण्ड पूरा गरी आप्mनो व्यवसायलाई अझ मजबुत बनाउदै लगेको छ । निभिक्स फर्मास्युटिकल्सका ६८ भन्दा बढी औषधी उत्पादनहरुले सरकारी खरिद प्रक्रियामा सहभागिता सुदृढ गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यातका अवसरहरू विस्तार गर्ने आधार तयार समेत गरेको छ भने कम्पनीले १०० भन्दा बढी औषधी उत्पादन गर्नको लागि नियमन निकायबाट स्वीकृती समेत प्राप्त गरिसकेको छ ।
निभिक्स फर्मास्युटिकल्सलाई सर्वसाधारणसम्म पँहुच पु¥याउने उद्देश्यका साथ सर्वसाधारणहरुको लागि साधारण शेयर विक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग आवेदन अनुमति समेत मागि सकेको छ ।
कम्पनीले यस उपलब्धिलाई आफ्नो मूल सिद्धान्त “नवप्रवर्तन, गुणस्तर र दक्षता” प्रति प्रतिबद्धताको परिणामका रूपमा लिएको छ । सुरक्षित, प्रभावकारी र सर्वसुलभ औषधि उत्पादनमार्फत राष्ट्रिय औषधि उत्पादन क्षमतालाई सुदृढ गर्ने दिशामा यो महत्वपूर्ण कदम भएको कम्पनीका प्रबन्ध निर्देशक इन्द्र बाँनियाले बताउनु भयो ।
World Health Organization द्वारा निर्धारित WHO–GMP मापदण्डले औषधि उत्पादन प्रक्रिया अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षा तथा प्रभावकारिता मापदण्ड अनुसार सञ्चालन भएको सुनिश्चित समेत गर्दछ ।
निभिक्स फर्मास्युटिकल्सले पाएको यो उपलब्धि कम्पनीका साथै नेपालको औषधि उद्योगका लागि महत्वपूर्ण कोशेढुंगा साबित भएको छ ।

