सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । यस दिन बैंकिङ १०.६अंक घटेको छ भने विकास बैंक ७९.०७, वित्त ५८.१३ अंक घटेका छन् ।
त्यसैगरी होटल १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा कारोबार भएको व्यापार समूहमात्र ९.०१ अंक बढेको छ ।
सोमबार नेप्सेमा ३ सय २४ कम्पनीको १ लाख २ हजार २ सय ८१ कारोबारबाट २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर १० अर्ब ७७ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ११ अर्ब ५९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

