नेपाल एसबिआई बैंक र GIZ परियोजनाबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले GIZ परियोजनासँग समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेको छ। यो परियोजना नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) को सहकार्यमा सञ्चालित छ।

परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यस अन्तर्गत सार्वजनिक यातायात सञ्चालक र वित्तीय मध्यस्थकर्ताहरूलाई विभिन्न वित्तीय तथा गैर–वित्तीय प्रोत्साहन उपलब्ध गराइनेछ। आयोजनाले ३,५०० विद्युतीय माइक्रोबस र मिनिबस सञ्चालनका लागि प्रोत्साहन प्याकेजहरू प्रदान गर्नेछ।

नेपाल एसबिआई बैंकले मध्यस्थकर्ताको भूमिका निभाउँदै यस हरित पहलमा जिम्मेवार योगदान दिने जनाएको छ। समझदारी पत्र बैंकका प्रमुख कर्जा अधिकृत, रोशन कोइराला र परियोजनाका मुख्य सल्लाहकारबीच आदानप्रदान भएको थियो।

बैंक विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ र हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको