गत भदौ २३ र २४ गतेको जे-नजी आन्दोलनमा आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर सञ्चालनमा आउने भएको छ।
आगजनीबाट क्षतिग्रस्त भवनलाई मर्मत गरेर माघ २४ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको जानकारी भाटभटेनी सुपरस्टोरले दिएको छ।
जेनजी आन्दोलनका बेला भाटभटेनीका दर्जनभन्दा बढी शाखामा आगजनी गरिएको थियो।
तीमध्ये धेरैजसो शाखा अहिले मर्मत गरेर सञ्चालनमा ल्याइएको छ।

