आज सुन चाँदीको भाउमा भारी वृद्धि

नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको हो ।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर तोलामा ५६ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको