नेप्सेमा दोहोरो अंकको गिरावट

साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.४६ प्रतिशत अर्थात १२.५८ अंकले घटेर २ हजार ६८३.१५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५३ प्रतिशतले घटेर ४५६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ८ अर्ब ६३ करोड १५ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ८ अर्ब २२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटामा हरियाली छायो भने १० वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज १.७९ प्रतिशतले बढ्यो ।

यस्तै उत्पादन तथा प्रशोधन समूह ०.३७ र म्युचुअल फण्ड समूह १ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६३ प्रतिशत, विकास बैंक ०.६१, हाईड्रो ०.९७, लगानी ०.५१, जीवन बीमा ०.३९, लघुवित्त ०.४२, निर्जीवन बीमा ०.३५, अन्य ०.५६ र व्यापार समूह ०.४६ प्रतिशतले घट्यो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको