कालिञ्चोक हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले कालिञ्चोक हाईड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न माघ १९ गते अनुमति दिएको हो ।

यससँगै अब कम्पनीले १३ करोड ७५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको