नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ८ अर्ब २२ करोड

आज  शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।

नेप्से परिसूचक १ दशमलव ५३ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीको शेयर मूल्य ३३० रुपैयाँ कायम भएको छ । एसवाई प्यानलको ३८ करोड ५० लाखको शेयर कारोबार भएको छ । बन्दीपुरको २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको