१४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल टेलिकम, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, कालिका पावर,अपि पावर,अरुण भ्याली हाइड्रो, युनाइटेड इदीमार्दी एण्ड आरवि,स्वरोजगार लघुवित्त,समता घरेलु लघुवित्त,ग्लोबल आईएमई लघुवित्त,हिमालयन लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १८ १९ र २० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कुन कम्पनीको लाभांश कति ?

नेपाल टेलिकम

कम्पनीले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

कम्पनीले सेयरधनीहरुले हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको १३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) को घोषणा गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)प्रदान गर्ने निर्णय गरेको छ ।

कालिका पावर

कम्पनीले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

अपि पावर

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

अरुण भ्याली हाइड्रो

कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

युनाइटेड इदीमार्दी एण्ड आरवि

कम्पनीले आव २०८१/८२ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

स्वरोजगार लघुवित्त

संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

समता घरेलु लघुवित्त

संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

ग्लोबल आईएमई लघुवित्त

संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्मको कुल चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

हिमालयन लघुवित्त

संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट विद्यमान चुक्तापूँजी १ अर्बको ६.४० नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।

मेरो माइक्रोफाइनान्स

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको