नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार भने बढ्यो

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५५ अंकले घटेर २ हजार ७१९.७७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४६९.८३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ४ अर्ब ७२ करोड बढीको कारोबार भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको