कोशीको बजेट बहुमतले पारित

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट शुक्रबार बहुमतले पारित भएको छ।

सरकारले असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। छलफलपछि बजेट पारित भएको हो। आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा ३८ जना सांसदले सहभागिता जनाएका थिए।

आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड हुने अनुमान छ।

बाँकी संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट ब्यहोरिने अनुमान छ। बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जाने छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको