काठमाडौंको मखन गल्लीमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं महानरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीमा दयाराम श्रेष्ठको घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । दयारामको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिग भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

दयारामको घरमा लागेको आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँच तल तले  पक्की घरमा आगलागी भइरहेको छ ।   उक्त  स्थानमा  अहिले प्रहरी नायव उपरिक्षक कृष्ण  कुमार चन्दको  कमाण्डमा २० जनाको प्रहरी टोली,नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली  खटिइगएको प्रहरीको भनाइ छ ।

सोहि ठाउँमा  जुद्ध बारुद दुई, नेपाल आर्मी एक, ललितपुर महानगरपालिका  एक, रामहिटि एक र  बालाजु औद्योगिक क्षेत्रकाे  एक गरी  जम्मा ६ वटा दमकलले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । तर हालसम्म पनि आगो नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।  एसपी अपिलराज बोरोहाका अनुसार एक जनाको शव भेटिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको